नेपाल अधिराज्यभरबाट कसको अग्रता कति?

काठमाडौँ – हाल केहि जिल्ला र क्षेत्रहरुबाहेक देशभर मतगणना जारी रहेको छ। अहिले अधिकतम स्थानमा प्रतिनिधिसभा तर्फको प्रत्यक्ष निर्वाचनको मत गणना भइ रहेको छ भने केही स्थानहरुमा प्रदेशसभा तर्फको मतपनि गणना भइरहेको छ।

हाल सम्मको प्रतिनिधिसभा तर्फको मतपरिणाम हेर्दा नेपाली कांग्रेसले ३ स्थानमा विजय हाँसिल गरिसकेको छ भने नेकपा एमालेले १ स्थानमा विजय हाँसिल गरेको छ। अहिले सम्म अन्य पर्टीहरुले विजय प्राप्त गरिसकेका छैनन्।

यसै गरी अग्रताको हिसाबमा हेर्दा नेपाली कांग्रेसले ४७ स्थानमा अग्रता लिइरहेको छ। यसै गरी नेकपा एमालेले ३९ स्थानमा अग्रता लिएको छ। त्यस्तै नेकपा (माओवादी केन्द्र)ले १२ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले १० स्थानमा, नेकपा (एकीकृत समाजवादी)ले ७ स्थानमा, राप्रपाले ५ स्थानमा, नागरिक उन्मुक्ति पार्टीले ४ स्थानमा आफ्नो अग्रता कायम गरेको छ। यसका साथै जनता समाजवादी पार्टी, नेपालले ३ स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले २ स्थानमा र स्वतन्त्र लगायत अन्य पार्टीहरुले ८ स्थानमा आफ्नो अग्रता कायम गरेका छन्।

Share post:

Recent