जनताले चासो दिएर हेरेको डडेल्धुरा

काठमाडौँ – सँधैजसो निर्वाचनको चासोको केन्द्र यसपटक काठमाडौँ, चितवन र पोखरामात्र रहेन। यसपटन नयाँ अनुहारहरुले देशभर नै ठूला राजनीतिक दलका शीर्ष नेताहरुलाई चुनौती दिइरहेका छन् त्यसैले पनि यसपटक कहाँ कसले बाजीमार्छ भनि आँकलन गर्न पनि कठीन छ। देशभरको निर्वाचन क्षेत्रहरुको मत परिणाम नै जनताले चासो दिएर हेरिरहेका छन्।

यस्तै एउटा चासोको केन्द्र रहेको छ प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा। केहीवर्ष अघि बिबिसी नेपाली सेवाको कार्यक्रम साझा सवालमा देउवालाई गरेको प्रश्न देखि नै चर्चा बटुलेका सागर ढकालले यसपटक देउवालाई निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनौति दिएर फेरी पनि चर्चा बटुलेका छन्। यसैले पनि डडेल्धुराको मतपरिणामलाई नेपाल अधिराज्य भरीकै जनताहरुले ठूलो चासोको साथ हेरिरहेका छन्।

हाल यस क्षेत्रको पनि मतगणना भइरहेकै छ। यस समाचार तयार पारिरहँदाको समयमा यहाँको मतपरिणाम देउवाकै पक्षमा बढी रहेको देखिन्छ तर ढकालको मत पनि सम्मान जनक नै देखिन्छ। स्वतन्त्र उम्मेदवारी दिएका ढकाल दोस्रो स्थानमा रहेका छन्। देउवाले हालसम्म ६८८० मत प्राप्त गरिसकेका छन् भने सागर ढकाल ३६६६ मतका साथ दोस्रो स्थानमा रहेका छन्।

यही हिसाबमा मतपरिणाम आउँदै जाने हो भने ढकालले देउवालाई उछिन्न त नसक्लान् तर पनि उनले प्राप्त गरेको मतले एकपटक ठूला दलहरुलाई झकझकाउने काम भने पक्का गर्ने देखिन्छ।

त्यस्तै केही समय अघि स्वतन्त्र उम्मेदवार ढकालले आफ्ना समर्थकहरुलाई नआत्तिन सन्देश दिँदै आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “अन्तिम नतिजा आइसकेको छैन, त्यति सारो खराब नतिजा पनि छैन, अहिले सम्म १०-१२ हजार भोट मात्र गन्ती भएको छ , यहाँ करिब ५० हजार मत खसेको छ । सकारात्मक भईदिनु होला । युवाहरु सबै आउनुपर्छ । धेरै जनाले सागर तिम्रो १००० मत पनि आउँदैन भन्दै हुनुहुन्थ्यो, त्यसको बावजुद हामी राम्रो भोट ल्याउँदै छौ।”

Share post:

Recent