काठमाडौँ १ बाट प्रकाशमान सिंह र ४ बाट गगनकुमार थापा निर्वाचित

काठमाडौँ – काठमाडौँको क्षेत्र नं १ र ४ को अन्तिममत परिणाम सार्वजनिक भइसकेको छ। यी दुवै क्षेत्रमा नेपाली कांगेसले जीत हाँसिल गरेको छ।

काठमाडौँ क्षेत्र नं १ मा राप्रपाका रवीन्द्र मिश्रलाई १२५ मतले पछि पार्दै नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार सिंहको ७१४३ मत आएको छ भने मिश्रको ७०१८ मत आएको छ।

यसै गरी काठमाडौँ क्षेत्र नं ४ मा नेपाली कांग्रसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन्। ७४४७ मतले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै थापा निर्वाचित भएका हुन्। थापाले २१३०२ मत प्राप्त गरेका थिए भने भट्टराईले १३८५५ मत प्राप्त गरेका थिए।

Share post:

Recent