काठमाडौँ – काठमाडौँको सबै क्षेत्रको प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ। कुल १० क्षेत्र रहेको काठमाडौँमा अधिकतम स्थानमा नयाँ अनुहारहरु पुरानालाई भारी परेका छन्।
काठमाडौँ क्षेत्र नं १मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह झिनो मतान्तरले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गर्दै विजयी बनेका छन्। सिंहले ७१४३ मत प्राप्त गरेका छन् भने मिश्रले ७०१८ मत प्राप्त गरेका थिए। यी दुई बीच केवल १२५ मतको अन्तर रहेको थियो।
यसै गरी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छिन्। उनले आफ्नो निकटम प्रतिद्वन्दी नेकपा (एमालेका) मणिराम फुयाललाई ३६७४ मतान्तरले पछि पारेकी छिन्। गौतमको १५२२९ मत रहेको छ भने फुयालको ११५५५ मत रहेको थियो।
त्यस्तै क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसेले जीत आफ्नो पोल्टामा पारी सकेका छन्। चालिसेले नेकपा (एमाले)का उम्मेदवार कृष्णबहादुर राईलाई ३,९६२ मतान्तरले पराजित गरेका हुन्। चालिसेको १५१५८ मत आएको थियो भने राईको १११९६ मत आएको थियो।
यसै गरी काठमाडौँ क्षेत्र नं ४मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले आफ्ना प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार राजन भट्टराईलाई ७४४७ मतान्तरले पराजीत गर्दै जीत हाँसिल गरेका छन्। थापाको २१३०२ मत आएको थियो भने भट्टराईको १३८५५ मत आएको थियो।
यसै गरी काठमाडौँ क्षेत्र नं ५ का निकै प्रभावशाली नेता नेकपा एमालेका ईश्वर पोखरेललाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका प्रदीप पौडेलले पराजीत गरेका छन्। पोखरेलको १०१७५ मत आउँदा पौडेलले १५२३७ मत प्राप्त गरेका थिए। पौडेलले पोखरेललाई ५०६२ मतले पराजीत गरेका छन्।
यसै गरी काठमाडौँ क्षेत्र नं ६मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले जीत हाँसील गरेका छन्। यहाँ खनालले नेकपा (एमाले)बाट उम्मेदवारी दिएका सर्वेन्द्र खनाललाई पराजीत गरेका हुन्। शिशिरको १४२०४ मत आएको थियो भने सर्वेन्द्रले ८९११ मत ल्याएका थिए। शिशिरले सर्वेन्द्रलाई ५२९३ मतान्तरले पराजीत गरेका हुन्।
काठमाडौँ क्षेत्र नं ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले जीत हाँसिल गरेको छ। उक्त पार्टीका उम्मेदवार गणेश पराजुलीले नेकपा (एमाले)का श्यामकुमार घिमिरेलाई पराजीत गरेका हुन्। ८७४३ मतका साथ पारजुली निर्वाचित भए भने एमालेका घिमिरेले ६८०० मत ल्याइ दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो।
काठमाडौँ क्षेत्र नं ८मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै जीत हाँसिल गरे। उक्त पार्टीका विराजभक्त श्रेष्ठले हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई ४२१६ मतान्तरले पराजीत गरे। श्रेष्ठको १०१०५ मत आएको थियो भने सायमीको ५८८९ मत रहेको थियो।
यसै गरी नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठले ११९५६ मत ल्याउँदै काठमाडौँ क्षेत्र नं ९मा जीत प्राप्त गरेका छन्। एमालेले काठमाडौँको यही एक क्षेत्रमा मात्र जीत हाँसिल गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतले पछि पार्दै श्रेष्ठले जीत आफ्नो पोल्टामा पारे। पोखरेलले १०९६१ मत प्राप्त गरेका थिए।
त्यस्तै काठमाडौँको अन्तिम क्षेत्र, क्षेत्र नं १०मा नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सी.ले १४४४८ मत ल्याउँदै जीत हाँसिल गरे। उनले एमालेका हिमेश के.सी.लाई पराजित गरेका हुन्। हिमेशको ११७८६ मत आएको थियो। यहाँ कांग्रेसले एमालेलाई २६६२ मतान्तरले पछाडी पारेको हो।
यी सबै क्षेत्रको मतपरिणाम हेर्दा काठमाडौँका जनताले विवेक प्रयोग गर्दै नयाँ अनुहारहरुलाई अवसर प्रदान गरेको देखिन्छ।