काठमाडौँ – डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढालाई सुरुवाती अग्रता मिलेको छ। पछिल्लो नतिजा अनुसार गणना भएको २ हजार ४१३ मतमध्ये उनको पक्षमा १ हजार ३८८ मत आएको छ।
उनका प्रतिद्वन्दी एमालेका गणेश शाहीले ८२० र राप्रपाकाअङ्गद कुमार बुढाले १४२ मत पाएका छन्।