पाँचथरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पाँचथरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। यो समाचार तयार पारि रहँदा झिनो मतान्तरले एमालेका बसन्तकुमार नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वेभन्दा अगाडि छन्।

पछिल्लो मत परिणाम अनुसार आङदेम्वेले १५ हजार १०० मत प्राप्त गरेका छन् भने नेम्वाङ १५ हजार ६०५ मतसहित अग्रस्थतनमा छन्। यी दुई बीच जम्मा ४९५ मतको अन्तर छ। नेम्वाङ केही समय अगाडि आङदेम्वे भन्दा मात्र २२ मतले पछि थिए। सो क्षेत्रमा राप्रपाका कमलबहादुर चेम्जोङले ७९३ मत प्राप्त गरेका छन्।

Share post:

Recent