मकवानपुर १ मा कांग्रस र एमालेलाई पछि पार्दै राप्रपाका सिंह अग्र स्थानमा

मकवानपुर – मकवानपुरको क्षेत्र नं १मा अहिले राप्रपा अग्र स्थानमा आउन सफल भएको छ। यस अघि नेपाली कांग्रसले अग्रता लिइ रहँदा एमाले दोस्रो स्थानमा थियो भने राप्रपा तेस्रोमा थियो। अहिले एका एक राप्रपाका उम्मेदवार शिर्ष स्थानमा उक्लिएका छन्।

यस समाचार तयार पारि रहँदा राप्रपाका दिपकबहादुर सिंहले २६७७१ मत पाएका छन् भने नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) २५३१९ मतका साथ सिंहलाई पछ्याइ रहेकी छिन्। यसै गरी २४७७० मतका साथ तेस्रो स्थानमा नेकपा एमालेको चुनाव चिह्न लिइ उमेदवारी दिएका कमल थापा रहेका छन्।

Share post:

Recent