विश्वकप फुटबलः दक्षिण कोरिया र उरुग्वेको गोलरहित बराबरी

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरिया र उरुग्वेले गोलरहित बराबरी खेलेका छन्।

कतारको एजुकेसन सिटी स्टेडियममा बिहीबार भएको खेलमा निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि दक्षिण कोरिया र उरुग्वेले १-१ अंक बाँडेका छन्। दुबै टोलीले गोलका लागि केही राम्रा अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी भएको हो।

Share post:

Recent