रोनाल्डो पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो फिफा विश्वकपको ५ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। बिहीबार समूह जी को खेलमा घानाविरुद्ध गोल गर्दै रोनाल्डोले दुर्लभ उपलब्धि हासिल गरेका हुन्।

रोनाल्डोले घानाविरुद्ध विश्वकपको आठौं गोल गरेका छन्। उनले १८ औं खेल खेल्ने क्रममा ६४ औं मिनेटमा घानाविरुद्ध सुरुवाती अग्रता पनि दिलाएका थिए। हालसम्म ५ विश्वकप खेलेका रोनाल्डोले सबै गोल भने समूह चरणमा गरेका छन्।

रोनाल्डोले सन् २००६ विश्वकपमा इरानविरुद्ध गोल गर्दै खाता खोलेका थिए। त्यसपछि सन् २०१० मा उनले उत्तर कोरियाविरुद्ध गोल गरेका थिए। सन् २०१४ मा घानाविरुद्ध नै गोल गर्दै रोनाल्डोले लगातार ३ विश्वकपमा गोल गरेका थिए।

सन् २०१८ मा भने रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरेका थिए। उनले स्पेनविरुद्ध खेलमा ह्याट्रिक गरेका थिए। त्यसपछि मोरक्कोविरुद्ध पनि उनले गोल थपेका थिए।

Share post:

Recent