काठमाडौँ – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा सिके राउतले आफूलाई विजय गराउने सबैलाई धन्यवाद दिएका छन्। उनले बिहीबार एक विज्ञप्तिमार्फत सबैलाई धन्यवाद दिँदै आफ्नो जितले देश र मधेसको राजनीतिमा नयाँ युगको सुरुवात भएको समेत बताएका छन्।
उनले भनेका छन्– ‘यस निर्वाचनसँगै देश र मधेशको राजनीतिमा नयाँ युगको सुरुवात भएको छ। यो विकासको युगको सुरुवात हो। यो जनताराजको युगको सुरुवात हो। यो सामुदायिक समाजवादको युगको सुरुवात हो।’
उनले यसलाई समग्र जनताको जीत भएको बताउँदै जनअपेक्षा अनुसार काम गर्न र आफ्नो उत्तरदायित्व निर्वाह गर्न सदैव सम्पूर्ण जनताको सहयोग रहनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको समेत बताएका छन्।