सुनसरी–१ बाट अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गरे ।
अन्तिम नतिजा अनुसार राईले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४ सय ५३ मतले पराजित गरेका छन् ।

राईले १७,०५९ मत पाएका छन् भने तामाङले १६,६०६ मत प्राप्त गरेका छन् । २०२९ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका राईले नेकपा एमालेका विभिन्न जिम्मेवारीमा काम गरेका थिए । २०४६ सालमा नेकपा मालेको केन्द्रीय सदस्य बनेका उनी २०५९ सालमा जनकपुरमा भएको सातौँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

सोही वर्ष नेकपा एमालेको स्थायी कमिटी सदस्य बनेका उनी २०६९ सालको आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०६९ सालमा संघिय समाजवादी पार्टीमा प्रवेश गरी पार्टी अध्यक्ष बने र हाल जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष छन् ।

२०४८ र २०५१ को निर्वाचनमा खोटाङबाट सांसद निर्वाचित भएका राई २०७० सालको संविधानसभामा समानुपातिक प्रतिनिधित्व प्रणालीबाट सांसद बनेका थिए । २०५१ सालमा यातायात मन्त्री र २०६२ सालमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

Share post:

Recent