निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको छ ।
आयोगले मंसिर २० गते मतदान केन्द्रमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न नसकेको भन्दै पुनः मतदान गर्ने निर्णय गरेको हो ।
बैतेश्वरी गाउँपालिका–२ स्थित जनज्योति मावि पुतलीकाठको क र ख र सोही गाउँपालिकाको वडा नम्बर ३ कालीढुङ्गा माविको क, ख र गको मतदान केन्द्रमा पुनः मतदान हुनेछ ।
त्यसैगरी सोही गाउँपालिकाको वडा नं ६ स्थित बैतेश्वर माविको क, ख र ग केन्द्र र तामाकोशी गाउँपालिका–३ स्थित स्वास्थ्य चौकी भवन जापेको क र ख मतदान केन्द्रमा पुनः मतदान हुनेछ ।