मुख्यमन्त्री गुमाउँदै मधेसवादी

काठमाडौँ – २०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपा मिलेर निर्वाचन लडेका थिए। पछि, पार्टी एकता नै गरी जसपा भयो। गत निर्वाचनमा राम्रो परिणाम ल्याएको त्यही जसपा विभाजन भएर दुई समूहमा विभाजित छ।

जसपा नेतृत्व उपेन्द्र यादव र लोसपा महन्थ ठाकुरले नेतृत्व गरिरहेका छन्। मधेस प्रदेश मुख्यमन्त्री लालबाबु राउत पूरै कार्यकाल सत्तामा रहे। सुरुमा राजपाको सहयोगमा र पछि जसपा विभाजन भएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्रीमा रहिरहे।

पछिल्लो समय जसपा एमाले नेतृत्वको गठबन्धनमा सहभागीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा र प्रदेशमा मुख्मन्त्री राउतले कांग्रेसका मन्त्रीलाई हटाए। जसपाले सरकारको नेतृत्व गरे पनि अहिले नेतृत्व गर्न सक्ने अवस्था छैन।
राजधानी दैनिकबाट

Share post:

Recent