काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ। आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहनेछ।
तराई भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।