केभीडीएले अतिक्रमित सार्वजनिक जग्गाका अवैध संरचना हटाउन ३५ दिनको समय दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका सरकारी, प्रयोगविहीन सार्वजनिक जग्गा र नदी किनार नजिकका जग्गा अतिक्रमण गरी गैरकानुनी रूपमा निर्माण गरिएका संरचना हटाउन ३५ दिनको समय दिएको छ ।

प्राधिकरणले सूचनामार्फत यस्ता संरचना आफैँ हटाउन नसके सम्बन्धित व्यक्ति वा संस्थाबाट भत्काउने अभियानमा लाग्ने खर्च असुल्ने चेतावनी दिएको छ ।

Share post:

Recent