काठमाडौँ – पालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ। पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो। सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो।
नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन्। तिनको नाम डाँफे र मुनाल राखिएको हो।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रवक्ता डा. रवीन्द्रप्रसाद ढकालका अनुसार डाँफे र मुनाल दुईरतीन महिनाको फरकमा आगामी चैत र वैशाखमा प्रक्षेपण हुनेछन्। नेपालमा यस कार्यमा नास्ट र अन्तरिक्ष प्रतिष्ठानको सहकार्य र समन्वय रहेको छ।
यी दुईवटा स्याटेलाइट निर्माण र उडानको नेतृत्व नास्टका डा। रवीन्द्रप्रसाद ढकाल र अन्तरिक्ष प्रतिष्ठानबाट आभास मास्केले गरेका छन्।
थाइल्यान्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्स्टेड)सँगको सहकार्यमा तयार भइरहेको डाँफे मिसनका लागि नास्टले एक करोड रुपियाँ बजेट छुट्याएको छ।
प्रवक्ता डा. ढकालका अनुसार प्रक्षेपणको तयारीमा रहेका दुवैको क्षमता पहिलो स्याटेलाइटको जस्तै रहने जनाइएको छ। प्रवक्ता डा. ढकालले भने, “डाँफे नास्टले नेतृत्व गर्ने मिसन हो, मुनाल विद्यार्थीले बनाएको मिसन हो। यीमध्ये पहिला डाँफे उड्छ।”
यो मिसनको संयोजन अन्तरिक्ष प्रतिष्ठानका तर्फबाट आभास मास्केले गरे। नास्टले यस मिसनमा आर्थिक, प्राविधिक सहयोग र सहकार्य गरेको छ। “यी दुवै स्याटेलाइटमा अन्य देशको पनि लगानी रहन्छ, त्यसमा नास्टले सहयोग र सहकार्य नै गर्ने हो। यसमा हाम्रो मात्र लगानी र सहयोग हुँदैन। यसमा थाइल्यान्ड वा अन्य कुनै देशको पनि सहकार्य रहन्छ,” उनले भेने।
गोरखापत्र दैनिकबाट