काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पुन: नियमित कामकाजमा फर्किने भएका छन्। संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिए लगत्तै उनी सर्वोच्च अदालत फर्किने तयारीमा रहेका छन्।
सत्तारुढ गठबन्धनका सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गरेपछि २०७८ साल फागुन १ गतेदेखि जबरा निलम्बनमा थिए। महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन पेश गरेका थिए। उनलाई बुधबार संसदका महासचिव डा. भरतराज गौतमले फुकुवा पत्र प्रदान गरेका थिए।
प्रधानन्यायाधीश जबराले निलम्बन फुकुवाको पत्र प्राप्त गर्नाले न्यायको अनुभुति भएको जनाउँदै आजबाट नियमित कामकाजमा फर्किने बताएका छन्। उनले २७ गतेबाट अवकाश पाउने कारण अझै समय रहेकाले कामकाजमा फर्किने बताएका हुन्।
उनले सुरक्षाकर्मी आउँदै गरेको सुरक्षा व्यवस्थाको तयारी भइरहेको समेत बताए। उनी पनि आफ्नो व्यवस्था गरिरहेको जानकारी उनले गराए।