प्राधिकरणले बिजुली नकिन्दा निजीक्षेत्रलाई १ अर्बभन्दा बढी घाटा

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले उत्पादित बिजुली नकिन्दा निजीक्षेत्रका विद्यत् उत्पादकलाई गएको वर्षायाममा १ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार गएको वर्षायाममा उत्पादित बिजुली नबिक्दा २७ ऊर्जा उत्पादक कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेका हुन्।

प्राधिकरणले बढी विद्युत् उत्पादन भएकाले प्रसारण लाइनमा ओभरलोड भई समस्या आउने कारण देखाएर नकिनेको इप्पानको भनाइ छ। केही दिनअघि ऊर्जासचिव दिनेश घिमिरेलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको इप्पानले बताएको छ। अहिले हाइड्रोपावर कम्पनीहरूले बेहोरेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको इप्पानको भनाइ छ।

इप्पानका अनुसार चेपे खोला, तल्लो मोदी, दोर्दी खोला, घलेम्दी खोला, न्यादी जलविद्युत्, युनाइटेड इदी मार्दी, छ्याङ्दी जलविद्युत्, बुद्धभूमि जलविद्युत्, अप्पर स्याङ्गे जलविद्युत्, सिनर्जी पावर र नौगाढ हाइड्रोपावरलगायत कम्पनीको नोक्सानीको विवरण संकलन भइरहेको छ।
आर्थिक अभियान दैनिकबाट

Share post:

Recent