काठमाडौँ – ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशले नयाँ जनमत पाए पनि प्रमुख राजनीतिक दलका तिनका नेताको शैली पुरानै देखिएको छ। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ २ सय २० जना सांसद चयन भइसकेका छन्। समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सात दलले निर्वाचन आयोगलाई १ सय १० सांसदको नाम बुझाइसकेका छन्। आयोगले आफ्नो प्रक्रिया पूरा गरेपछि उनीहरू निर्वाचित भएको घोषणा गर्छ।
सबै दलले प्राप्त गरेको मतका आधारमा हेर्दा वर्तमान सरकार बहुमतीय आधारबाट नै बन्ने पक्का छ। त्यसैले सरकार गठनका लागि दलैपिच्छेका सर्तसमेत सुरु भइसकेको छ। प्रदेशसभामा सातै प्रदेशमा गरी प्रत्यक्षतर्फ ३ सय ३० सांसद चयन भइसकेका छन् भने समानुपातिकतर्फबाट २ सय २० जना चयन भएर निर्वाचित हुने प्रक्रियामा छन्। योसँगै प्रतिनिधि र प्रदेशसभामा जमतबाट सांसद चयन हुने एउटा महत्वपूर्ण प्रक्रियाको समापन भइसकेको छ।
राजधानी दैनिकबाट