काठमाडौँ – कामचलाउ सरकारले ऐन विपरीत ल्याएको अध्यादेश विरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ। आज (मंगलबार) विहानै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले अध्यादेश विरुद्ध प्रदर्शन गरेको हो।
अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले क्याम्पस अगाडि प्रदर्शन गरेको हो। सरकारले अपराधीलाई उन्मुक्ति दिने गरी ल्याएको अध्यादेशविरुद्ध प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ। सरकारले कानुनी राज्यको खिल्ली उडाएको भन्दै उसले प्रदर्शन गरेको बताएको छ।
अस्ति (आइतबार) साँझ अध्यादेश राष्ट्रपति कार्यालय पठाइसकेको छ। जुनसुकै तहका अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ता लिन सक्नेगरी सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको हो।