दमकमा शङ्कास्पद सामानसहित एक महिला पक्राउ

झापाको दमक नगरपालिका ९ बाट प्रहरीले एक जना महिलालाई शंकास्पद सामानसहित पक्राउ गरेको छ। उनलाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित मंगलबार साँझ नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Share post:

Recent