धनुषामा धान कुट्ने मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

धनुषा – धान कुट्ने मिलको फित्तामा बेरिएर धनुषामा बिहीबार बिहान एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले धनुषाको मिथिला बिहारी नगरपालिका–५, ललियाकी ४५ वर्षीया कालोदेवी साहको मिलको फित्तामा बेरिएर मृत्यु भएको बताए। उनका अनुसार स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन जानुभएको कालोदवीको मिलको फित्तामा बेरिएर टाउको र शरीरको भाग अलग–अलग भएर घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलको मुचुल्का गरी मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता क्षेत्रीले बताए।

Share post:

Recent