नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता आर्मीका खेलाडी सम्मानित

काठमाडौँ – गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आर्मीका खेलाडी र प्रशिक्षक सम्मानित भएका छन्। खेलाडीलाई नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सम्मान गरेको हो।

पदक विजेता खेलाडीलाई बुधबार जंंगी अड्डामा आयोजित कार्यक्रमबीच प्रधान सेनापति प्रभुराम शर्माले सम्मान गरेका हुन्। शर्माले आर्मीबाट नवौंमा कीर्तिमान रच्न सफल १४ खेलाडी, ३२ जना प्रशिक्षक, स्वर्ण, रजत र कांस्य विजेतालाई प्रशंसा निशान पदकबाट सम्मान गरेका हुन्।

सआर्मीले प्रतियोगिताको क्रममा प्याराग्लाइडिङ खेलाडीको ज्यान गएको घटनाप्रति दुःख समेत ब्यक्त गरेको थियो। नवौंमा आर्मी एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कांस्य गरी कूल तीन सय ७१ पदकसहित च्याम्पियनब नेको थियो।

च्याम्पियन खेलाडी  प्रशिक्षकहरुलाई प्रधान सेनापति शर्मा, बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का लगायतल बधाइ तथा धन्यवाद दिएका छन्।

Share post:

Recent