काठमाडौँ – फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ। यदि १ भन्दा बढी खेलाडीले समान गोल गरेमा थोरै समय खेल्ने खेलाडीले गोल्डेन बुट अवार्ड पाउनेछन्। यस्तै दोस्रो स्थानमा हुनेले सिल्भर बल र तेस्रो स्थानमा हुनेले ब्रोन्ज बल प्राप्त गर्नेछन्।
सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि मात्र विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिन थालिएको हो। त्यसअघि विश्वकपको सर्वाधिक गोलकर्तालाई छुट्टै आधिकारिक अवार्डको व्यवस्था भने थिएन।
सन् १९९२ मा पहिलो पटक इटलीका पाओलो रोसीले गोल्डेन बुट जितेका थिए। उनले त्यस वर्ष सर्वाधिक ६ गोल गरेका थिए। त्यसयता हरेक संस्करणमा सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट प्रदान गरिएको छ। १९८२ देखि एडिडास गोल्डेन शु को नाम प्रदान गर्न थालिएको अवार्ड एडिडास गोल्डेन बुटको रुपमा प्रदान गर्न थालिएको हो।
अहिलेसम्म गोल्डेन बुट जित्ने खेलाडी
१९८२ पाओलो रोसी (इटली) – ६ गोल
१९८६ ग्यारी लिनेकर (इंग्ल्याण्ड) -६ गोल
१९८९० साल्भाडोर सिलाची (इटली) – ६ गोल
१९९४ ओलेग सालेन्को (रुस) – ६ गोल
१९९८ डेभोर सुकर (क्रोएसिया) र ह्रिस्टो स्टोइचकोभ (बुल्गेरिया) – ६ गोल
२००२ रोनाल्डो (ब्राजिल) – ८ गोल
२००६ मिरोस्लाभ क्लोज (जर्मनी) – ५ गोल
२०१० थोमस मुलर (जर्मनी) – ५ गोल
२०१४ जेम्स रोड्रिगेज (कोलोम्बिया) – ६ गोल
२०१८ ह्यारी केन (इंग्ल्याण्ड) – ६ गोल
सर्वाधिक गोल गर्ने अन्य संस्करणका खेलाडीहरु
१९३० गुइलेर्मो स्टाबिल (अर्जेन्टिना) – ८ गोल
१९३४ ओल्ड्रिच नेजेडली (चेकोस्लोभाकिय) – ५ गोल
१९३८ लिओनिडास (ब्राजिल) – ७ गोल
१९५० एडेमिर (ब्राजिल) – ८ गोल
१९५४ सान्डोर कोसिस (हंगेरी) – ११ गोल
१९५८ जस्ट फोन्टेन (फ्रान्स) – १३ गोल
१९६२ प्लोरिन अल्बर्ट (हंगेरी), भालेन्टिन इभानोभ (रुस), गारिन्चा र भाभा (ब्राजिल), ड्राजन जेर्कोभिच (युगोस्लाभिया), लिओनेल सान्चेज(चिली) – ४ गोल
१९६६ युसेबियो (पोर्चुगल) – ९ गोल
१९७० गर्ड मुलर (पश्चिम जर्मनी) – १० गोल
१९७४ ग्रेगोर्ज लाटो (पोल्याण्ड) – ७ गोल
१९७८ मारियो केम्पस (अर्जेन्टिना) – ६ गोल