आना शर्मालाई लिएर फिल्म ‘बदलिंदो आकाश’ बन्ने

काठमाडौँ – अभिनेत्री आना शर्मालाई लिएर फिल्म ‘बदलिंदो आकाश’ निर्माण हुने भएको छ। नेपाल, भारतको दार्जिलिङ र सिक्किममा छायांकन हुने फिल्ममा आनाको प्रमुख भूमिका हुनेछ।

भारतको फिल्म विकास निगम (एनएफडीसी)ले आयोजना गरेको फिल्म बजारमा छानिएको स्क्रिप्टमाथि फिल्म निर्माण हुन लागेको हो। मच्छिन्द्र योङ्ग्यले निर्देशन गर्ने फिल्मको निर्माण अनुप पौडेलले गर्नेछन्।

अनुपको फिल्म ‘लोरी’ अहिले ओस्कार अवार्डमा प्रतिस्पर्धाको तयारीमा छ। लोरीले यस वर्ष कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी प्राइज जित्ने कीर्तिमान रचेको थियो। अंग्रेजी नाम ‘चेन्जिङ स्काइ’ राखिएको फिल्ममा आना मात्र अनुबन्धित छिन्। अन्य कलाकार चाँडै तय गरिने अनुपले जानकारी दिएका छन्। ट्राभल कथावस्तुमा निर्माण भएको फिल्मलाई तन्नेरी दर्शकले रुचाउन सक्ने निर्माता पौडेलको अपेक्षा छ।

अभिनेत्री आनाले ‘बदलिंदो आकाश’मार्फत अन्तर्राष्ट्रिय बजारमा पुग्न सजिलो हुने बताइन्। आनाका फिल्महरु ‘मायाको माया’ छायांकन हुँदैछ भने ‘जेरी २’ मा अभिनय गर्ने चर्चा छ, तर निश्चित भइसकेको छैन।

Share post:

Recent