काठमाडौँ – हालसम्मकै सबैभन्दा धेरै महंगो फिल्म ‘अवतार-द वे अफ वाटर’ भोलिबाट प्रदर्शनमा आउँदै छ। २ सय ५० मिलियन डलरर्समा बनेको फिल्मलाई क्यानडियन फिल्ममेकर जेम्स क्यामरूनले निर्देशन गरेका हुन्।
उनकी आमा शर्ली क्यामरूनले एक सपना देखेकी थिइन्। जसमा निलो रङ गरेकी करिब १२ फिटकी महिला देखिन्। शर्लीले यो सपना छोरा जेम्सलाई सुनाइन्। त्यही सपना सुनेर जेम्सले निलो रङ गरेको मानिसहरू बस्ने ग्रहको कल्पना गरे। यो त्यस समय थियो, जतिबेला जेम्सले फिल्म ‘टाइटाकिन’ बनाउने भनेर पनि सोचिसकेका थिएनन्।
यो सपनाबारे सुनिसकेपछि उनले पहिला ‘टाइटानिक’ बनाए र त्यसको ठिक १२ वर्ष पछि त्यही सपनालाई लिएर उनले अवतार बनाए। अवतारको पहिलो भाग भनेको १३ वर्षपछि यसको दोस्रो भाग प्रदर्शन हुन लागेको हो। अवतार भन्दा पहिला ‘टाइटानिक’ संसारमा सबैभन्दा बढी कमाई गर्ने फिल्म थियो। सन् २००९ मा रिलिज भएको अवतारको पहिलो भागले यो रेकर्ड तोड्यो।
जेम्सले यी फिल्ममा प्रविधिको उच्चतम प्रयोग गरेका थिए। जुन वर्तमान समयभन्दा धेरै अगाडि थियो। आफ्नो पहिलो फिल्म ‘द टर्मिनेटर’ देखि अवतार २ सम्म आउँदा जेम्सले फिल्म बनाउने तौर तरिकामा सबैलाई चकित बनाएका छन्।