बलिउडमा यस वर्षको सबैभन्दा लोकप्रिय फिल्म बन्यो ‘केजीएफ: च्याप्टर २’

काठमाडौँ – टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले वर्ष २०२२ को वार्षिक रिपोर्ट साझा गरेको छ। यो वर्ष बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय चलचित्रको नाम यस सूचीमा परेको छ।

साउथ सुपरस्टार यशको फिल्म केजीएफः च्याप्टर २ सबैभन्दा लोकप्रिय फिल्मको सूचीमा शीर्ष स्थानमा रहेको छ। यदि रिपोर्टहरूको विश्वास गर्ने हो भने, यस फिल्मले अप्रिल १४ मा कुल २.१४ मिलियन टिकटहरू बेचेको थियो, जसले फिल्मलाई  २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म बनायो।

केजीएफ २ को सप्ताहन्तमा मात्र लगभग ३४ प्रतिशत को टिकट बिक्री भएको थियो। योसँगै फिल्मले बाहुबली द कन्क्लुजनको ५ वर्ष पुरानो कीर्तिमान तोड्यो। सूचीमा केजीएफः च्याप्टर २, आरआरआर, द कश्मीर फाइल्स, पोन्नियन सेल्वान, ब्रह्मास्त्रः पार्ट १, शिवा, विक्रम र डाक्टर स्ट्रेन्जः इन द मल्टी युनिभर्स अफ म्याडनेस जस्ता लोकप्रिय फिल्महरू समावेश छन्।

यस बाहेक कान्तारा, कार्तिकेय, द कश्मीर फाइल्स, सीता रामम, ७७७ चार्ली जस्ता फिल्मको नाम पनि यो लिस्टमा अटाएको छ।

Share post:

Recent