काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्।
बुधवार बिहान सम्पन्न निर्वाचनमा ६४ मत ल्याएर देउवा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे। प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्। गगनले अपेक्षा गरिए जति मत पनि ल्याउन सकेनन्।
कांग्रेस संसदीय दलको नेता चुनिएपछि अब भावी सरकार गठनका लागि बाटो खुलेको छ।