काठमाडौँ – पहिलो सिजनको नेपाल टी-२० क्रिकेट लिगका लागि काठमाडौँ नाइट राइडर्सले टोली घोषणा गरेको छ। ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेको काठमाडौँले १५ सदस्सीय टोली घोषणा गरेको हो।
काठमाडौँको टिममा ११ नेपाली र ४ विदेशी खेलाडी रहेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबारदेखि सुरु हुन लागेको प्रतियोगितामा काठमाडौँले पहिलो खेलमा पोखरा एभेन्जर्सको सामना गर्नेछ। यी २ टोलीबीचको खेल शुक्रबार नै हुनेछ।
त्यस्तै, प्रतियोगिताको पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडले पनि प्रतिस्पर्धा गर्नेछन्। पहिलो संस्करणको नेपाल टी-२० लिगमा ६ टोलीले भाग लिँदैछन्। लिगमा काठमाडौँ नाइट राइडर्स, पोखरा एभेन्जर्स, फार वेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन्।
काठमाडौँको टोलीमा
ज्ञानेन्द्र मल्ल, वीरन्दीप सिंह (मलेसिया) कमलसिंह ऐरी, बसिर अहमद, रहयान बर्ल (जिम्बाब्वे), अविनाश बोहरा, सन्दीप रजाली, अजमतुल्लाह उमरजाई (अफगानिस्तान), एलेक्स बाल्की (विदेशी), सन्तोष कार्की, सौरभ खनाल, लोकेश बम, सुनम गौतम, अनिल खरेल र गौतम केस ।