काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ।
काठमाडौँ महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाइएको हो। महानगरले साउन १ गते सूचना जारी गर्दै सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो।