पर्सा – पर्सामा बिहेकाे पार्टीमा झगडा हुँदा एक जनाकाे ज्यान गएकाे छ। हिजाे राति भएकाे झगडामा पर्साकाे जिराभवानी गाउँपालिका-४ का ३६ वर्षीय सैमुल्लाह राउतकाे ज्यान गएकाे हाे।
त्यही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै-झगडा हुँदा कुटपिट भएर सैमुल्लाहकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ। घाइते सैमुल्लाहलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्जमा पुर्याउँदा डाक्टरले ज्यान गएकाे घोषणा गरेकाे हाे।
प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएकाे थियाे। झगडा हुँदा जाजुल राउत गद्दीसमेतकाे टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।