मिर्मिरे लघुवित्तको २३% बोनस सेयर घोषणा

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २३% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०७७–७८ मा अन्य दुई लघुवित्त कम्पनीलाई एक्वायर गरी एकीकृत कारोबार सुरु गरेकाले सेयरधनीहरुलाई बोनस सेयरमा कर नलाग्ने भएकाले नगद लाभांश भने नछुट्याइएको मिर्मिरेले जानकारी गराएको छ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र मिर्मिरेको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ।

मिर्मिरे लघुवित्तको २३% बोनस सेयर घोषणा
मिर्मिरे लघुवित्तको २३% बोनस सेयर घोषणा | Naya Aawaj

Share post:

Recent