चर्को ब्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकअगाडि उद्योगीको धर्ना

मोरङ – चर्को ब्याजदरको विरोधमा मोरङका उद्योगी, व्यवसायीले बिहीबार विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयअगाडि प्रदर्शन गरेका छन्। मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङलगायत संगठनका प्रतिनिधि त्यहाँ धर्नामा बसेका छन्।

धर्नाअघि उनीहरूले विराटनगरमा प्लेकार्डसहित विरोध जुलस निकालेका थिए। व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले माग पूरा नहुन्जेलसम्म आन्दोलनलाई निरन्तरता दिइने बताए।

उनले भने, “बैंकले गरेको अत्याचारका कारण हामी सडकमा आइसकेका छौँ। अब सडकमै धर्ना बस्नुको विकल्प छैन।” अहिले व्यवसाय गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

यसअघि पनि व्यावसायिक संगठन अर्थमन्त्रीको राजीनामा माग्दै विरोधमा उत्रिएका थिए।

Share post:

Recent