प्रतिनिधिसभा सदस्य किरणकुमार साहले संस्कृत भाषामा शपथ लिने

काठमाडौँ – प्रतिनिधिसभा सदस्य किरण कुमार साहले नेपाली इतिहासमा पहिलो पटक आज संस्कृत भाषामा शपथ लिने तयारी गरेका छन्।

नेपालको परम्परागत ज्ञान–विज्ञानको भाषा र नेपाललाई एकताको सूत्रमा आबद्ध गर्ने भाषा पनि संस्कृत नै भएको उल्लेख गर्दै रौतहट–२ बाट स्वतन्त्रमा निर्वाचित सांसद साहले आफ्नो पद तथा गोपनीयताको शपथ संस्कृत भाषामा लिने तयारी गरेका हुन्।

नवनिर्वाचित सांसदहरूले नेपालीसहित विभिन्न स्थानीय भाषाहरूमा शपथ ग्रहण गर्ने हुँदा साह संस्कृतमा शपथ ग्रहण गर्ने एकमात्र सांसद हुन्। नेपालको संसदीय परम्परामा यो नयाँ तथा ऐतिहासिक थालनी हो। संस्कृत विश्वको सबैभन्दा प्राचीन मात्र नभई सबैभन्दा उत्कृष्ट भाषा पनि हो।

संस्कृत नेपालसहित विश्वभरि बोलिने अधिकांश भाषाहरूकी जननी पनि हो। हाम्रा संस्कार र संस्कृतिका आधार हाम्रा सबै शास्त्रको भाषा पनि संस्कृत नै हो। यसका लागि नेपालले गौरव गर्नुपर्ने सांसद साहले बताए।

विश्वमा नेपालको पहिचान स्थापित हुन्छ ती सबै कुरालाई लिएर अघि बढ्नका लागि पनि हामी नेपालीले आफ्ना मूलतर्फ ध्यान दिनैपर्ने उल्लेख गर्दै साहले भने, ‘संस्कार र संस्कृति लोप भएमा राष्ट्रको पहिचान पनि हराउँछ। हामीले यस देशको पहिचान जोगाउन पनि संस्कृत भाषाको प्रसार गर्नु आवश्यक छ।’ रहेको बताएका छन्।

Share post:

Recent