रोनाल्डो साउदी अरेबियाको क्लब अल नासिरमा अनुबन्धित हुने

काठमाडौँ – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासिरमा अनुबन्ध हुने लगभग पक्का भएको बताइएको छ। उनले नासिरसँग ३० महिनाको सम्झौता गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ।

मिडिया रिपोर्टका अनुसार उक्त समयअवधि पछि साउदी अरेबियाले उनलाई नयाँ सम्झौता अफर गर्ने बताइएको छ।

सन् २०३० सम्मका लागि साउदीले उनलाई अफर गर्न लागेको बताइएको छ।

साउदी अरेबियाले सन् २०३० का लागि विश्वकप आयोजना गर्ने रणनीति बनाइराखेको छ। उक्त योजनामा ग्रीस र इजिप्टले पनि साथ दिन चाहेको बताइएको छ। सन् २०३० सम्म रोनाल्डोको भुमिका एम्व्यासडरका रुपमा हुने बताइएको छ।

Share post:

Recent