चितवनमा पिकअपको ठक्करबाट नौ वर्षिय बालकको मृत्यु

चितवन – चितवनको राप्ती- २ गड्यौलीमा आज पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भई हाल चितवन राप्ती- २ गड्यौली बस्ने अब्दुल मसिनका नौ वर्षीय छोरा महमद एकलास रहेका छन्।

गम्भीर घाइते भएका उनको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो। प्रदेश २-०३-००१ च १७९२ नम्बरको पिकअप भ्यानले पैदलयात्री बालकलाई आज बिहान पौने ७ बजे ठक्कर दिएको हो।

सवारी साधनसहित चालक नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।

Share post:

Recent