काठमाडौँ – नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन सुझाव दिएका छन्। उनले सामाजिक संजाल ट्वीटर मार्फत यस्तो सुझाव दिएका हुन्।
देउवा-प्रचण्डबीच हानथाप परिरहेको बेला एमाले नेता बाँस्कोटाले प्रचण्डलाई प्रधानमन्त्री छाड्दिँदा गठबन्धनको गाँठो फुक्ने बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याँखे दाऊमै रमाउने देखिँदैछ। विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केबल सत्ताको छिनाझम्टीमै सकिने भो। अस्थिरता नेपालको अभिशप्त नियति भो। देउवाले प्रचण्डलाई छोडे हुने। गठबन्धन नै गाँठो नपरोस्। शुभकामना।’