नेकपा एसकी केन्द्रीय सदस्य भुसालको निधन

काठमाडौँ – नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको ५४ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा बिहीबार उनको निधन भएको हो।

नेकपा मसालबाट कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय भुसाल पछिल्लो पटक नेकपा विभाजन भएपछि माधव नेपालको नेकपा एसतिर लागेकी थिइन्। भुसाल वामपन्थी आन्दोलनको एक निस्वार्थी, त्यागी र निष्ठावान योद्धा रहेको नेकपा एसका जिल्ला अध्यक्ष रामबबहादुर चौहानले बताए। उनले भुसालको दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताए।

सन्धिखर्क नगरपालिका–२, कुरमा जन्मिएकी भुसाल अविवाहित हुन्। भुसाल हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादक/प्रकाशक शोभाखर धनन्जय (सहिद सरोज शर्मा) की बहिनी समेत हुन्।

Share post:

Recent