काठमाडौँ – सर्वोच्चले दोषी ठहर गरेको २ दिनसम्म पनि एसपी रामेश्वर यादवले नियमिति कामकाज समेत गरेका थिए। सिन्धुपाल्चोकको प्रहरी प्रमुख रहेका यादवलाई पुस ७ गते बेलुका मात्रै प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाएको थियो।
यो २ दिनको बीचमा भने एसपी यादव नियमित कामकाजमै थिए। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले भने सर्वोच्चबाट भ्रष्टाचारमा दोषी ठहर भएको जानकारी आउनासाथ उनलाई जिम्मेवारीबाट हटाएर बर्खास्ती गरेको दाबी गरे।