काठमाडौँ – सर्वोच्च अदालतको आदेशपछि कुख्यात अपराधी चार्ल्स शोभराजलाई जेलमुक्त भएका छन्। कारागार कार्यालय, जगन्नाथदेवलले चार्ल्सलाई आजै अध्यागमन विभागको जिम्मा लगाएको छ।
१९ वर्षदेखि कैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रान्सेली नागरिक चार्ल्सलाई अध्यागमन विभागमा बुझाइएको जेलर ईश्वरीप्रसाद पाण्डेले बताए। ‘हिजो बेलुका नै थुनामुक्त गरिसकेका थियौं। पाहुनाको रुपमा आज बिहानसम्म यहाँ राखिएको थियो’, उनले भने,‘अहिले हामीले अध्यागमनको जिम्मा लगाइसकेका छौं।’
‘सिरियल किलर’ को रुपमा अन्तर्राष्ट्रिय छवि बनाएका चार्ल्सलाई सबै प्रक्रिया पूरा गरेर अध्यागमनले सोझै विमानस्थलबाट उनको मुलुक फ्रान्स पठाउने तायरी गरेको छ। यद्यपि चार्ल्सले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका थिए। सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्सलाई थुनामुक्त गर्न अस्ति आदेश दिएको थियो।
उनको उमेर र स्वास्थ्यस्थितिलाई कारण देखाउँदै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो।