काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको पछिल्लो राजनीतिलाई हालै सम्पन्न विश्वकपसँग तुलना गरेका छन्। दलहरू नयाँ सरकार निर्माणका लागि रस्साकस्सी गरिरहँदा भट्टराईले विश्वकपको फाइनलजस्तै रोमाञ्चक बनेको बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हालै सम्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो?’