राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा: बालेन शाह

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले–माओवादी–राप्रपासहित ७ दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन्। उनले हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो कटाक्ष गरेका हुन्। उनले व्यङ्ग्य गर्दै राजा चाहिन्छ, चाहिँदैन र मार्छुसमेत भन्नेहरु मिलेर सरकार बनाउने काम भएको बताएका छन्। उनले जसको सरकार बनेपछि नागरिक भने सँधै सास्तीमा रहेको पनि टिप्पणी गरेका छन्।

‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा। हामी प्रजा सधै सास्तीमा’, शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

आइतबार सात दलीय गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त भएका हुन्।

Share post:

Recent