काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पीडादायी गठबन्धनबाट मुक्ति मिलेको बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले एमालेविरुद्ध बनेको गठबन्धन जनताबाट अस्वीकृत भएको पनि दाबी गरेका छन्।
उनले भनेका छन्, ‘निषेधको राजनीतिक उद्देश्यद्वारा गठित एमाले विरोधी गठबन्धनको असहजता र पीडाबाट अहिलेलाई मुक्ति मिलेको छ। वास्तवमा यो जनताबाट अस्वीकृत भएको छ।’