काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो टार्गेट गृहमन्त्रालय रहेको बताएका छन्। उनले आफूहरुले कुरा राखेको र प्रधान्मन्त्रीको निर्णयको प्रतिक्षा रहेको बताएका छन्। सर्वदलीय बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले यसो भनेका हुन्।
“हामीले हाम्रा कुरा राखेका छौँ। प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ।” उनले भने, “हाम्रा एजेन्डामा साझा समझदारी बनाउने हो। भ्रष्टाचारमा निर्मम हुनुपर्छ। भ्रष्टाचार न्यूनीकरणका लागि संयन्त्र बनाउनुपर्छ। प्रधानमन्त्रीले निर्णय गर्नुहोला।”