सबै भन्दा बढी गोल गरेको एम्बाप्पेले गोल्डेन बुट जित्यो, कप चैँ अर्कैले लग्यो: महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको राजनीतिक घटनाक्रम विश्वकपसँग मिल्दो जुल्दो भएको बताएका छन्। उनले गएको मङ्सिर ४ को निर्वाचनबाट सबै भन्दा बढी सिट काङ्ग्रेसले जिते पनि सरकारको नेतृत्व अन्य दलले गरेको प्रति कटाक्ष गर्दै आफूहरु विश्वकपको एम्बाप्पे भएर आएको बताए।

नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन पत्रकार बसन्त बस्नेतसँगको संवादका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

“वर्ल्डकप भा थियो नि सबभन्दा बढी गोल चाहिँ एमबाप्पेले हाल्यो।” उनले भने, “गएको मङ्सिर ४ को निर्वाचनमा सबैभन्दा बढी सिट काङ्ग्रेसले जित्यो तर भयो के भन्दाखेरी पनि एमबाप्पेले सबभन्दा बढी गोल पनि हाल्यो, गोल्डेन बुट पनि जित्यो तर कप चाहिँ अर्कैले लग्यो क्या। त्यसकारण हामी चाहिँ एमबाप्पे भएर आको हौँ।”

संवादमा उनीसँगै नेपाली कांग्रेसका अर्का महामन्त्री गगन थापा पनि सामेल भएका थिए।

Share post:

Recent