एमालेले आजै पौडेल सहित ४ जना सरकारमा पठाउने, पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने

काठमाडौँ – नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेल सहित जम्मा ४ जनालाई आजै सरकारमा सहभागी गराउने तयारी गरेको छ। उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने भएका छन्। यसै गरी नेकपा एमालेले पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई पार्टीबाट आजै सरकारमा सहभागी गराउने भएको हो।

नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ। यस्तै सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

Share post:

Recent