नयाँ सरकार गठन भएसँगै सेयर बजारमा हरियाली, नेप्से ५६.८६ अंकले बढेर १९२४.०७ अंकमा बन्द

काठमाडौँ – नयाँ सरकार गठन भएसँगै सेयर बजारमा हरियाली छाएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६.८६ अंकले बढेर १९२४.०७ अंकमा बन्द हुन पुग्यो। अर्थ मन्त्रालयमा एमालेका विष्णु पौडेल आउने भएसँगै लगानीकर्ता उत्साहित बन्दा समग्र बजार नै हरियाली बन्न पुग्यो।

बजार सुरु भएबाटै नेप्से सूचक क्रमश: उकालो लाग्दा कारोबार पनि २ अर्बभन्दा बढी भएको छ। आज २ सय ५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ९ करोड रुपैयाँमा कारोबार भएको हो।

बढेको बजारमा २ सय ३ कम्पनीको शेयरमूल्य बढेको छ भने चार कम्पनीको शेयरमूल्य घटेको छ। बढ्नेमा गोर्खाज फाइनान्स अगाडि छ। यो कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो भने धौलागिरी, खप्तड, सिर्जनशील लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य सर्किट लेबलमै बढ्न पुग्यो।

यता पछिल्लो केही दिनदेखि लगातार शेयरमूल्य बढाएको नेपाल दूरसंचार र सीवाईसी लघुवित्त भने आज करेक्सनमा जाँदा क्रमश ५.५६र ४.६७ प्रतिशतले घट्न पुग्यो।

कारोबारमा भने आज दूरसंचार नै अगाडि छ। यो कम्पनीको २० करोडको शेयर कारोबार भएको हो।

Share post:

Recent