काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक दौरासुरुवालमा शीतलनिवास पुगेका छन्। उनी राष्ट्रिय पोशाक दौरासुरुवालमा ठाँटिएर शपथका लागि पुगेका हुन्। उनलाई यसअघि दौरासुरुवालमा देखिने गरेको थिएन।
यस अघिका दुई कार्यकाल प्रधानमन्त्री हुँदा पनि प्रचण्डले सुट प्यान्टमानै शपथ लिएका थिए।
सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।