काठमाडौँ – नेपाल कला परिषद् बबरमहलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ। परिषद्मा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो। शिक्षा क्षेत्रलाई व्यङ्ग्य गर्दै कार्टुन प्रदर्शनी सुरु भएको हो।
रूपान्तरणसहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिष्टहरूले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरूलाई परिषदमा प्रदर्शनमा राखिएको छ। प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतिलाई व्यङ्ग्य गरेका छन्।
प्रदर्शनमा शिक्षा सम्बन्धित विभिन्न कार्टुनहरु राखिएको छ। नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका लागि विदेशमा जानुपर्ने नेपाली विद्यार्थीहरूको बाध्यतालाई कार्टुनमा चित्रण गरिएको देख्न सकिन्छ। साथै कार्टुनमा नेपालका सहरीया क्षेत्रको शिक्षा अवस्था र गाउँको शिक्षा अवस्थालाई पनि देखाइएको छ।