निवर्तमान प्रधानमन्त्री देउवा अझै बालुवाटारमा, बिहिबार धुम्बाहराइ स्थित डेराको घरमा सर्ने

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा अझै बालुवाटार स्थित प्रधानमन्त्री निवासमै बसी रहेका छन्। देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार धुम्बाहराइमा नयाँ घर भेटिएको र बिहिबार उक्त भाडाको घरमा सर्ने गरी तयारी भइ रहेको छ।

यता सोमबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड अझै खुमलटारमा नै बसीरहेका छन्। स्वकिय सचिव देउवाका अनुसार शेरबहादुर देउवाको बूढानीलकण्ठमा रहेको निजी निवासको मर्मत कार्य भइ रहेका कारण त्यहाँ सर्न सक्ने अवस्था रहेको छैन। मर्मत कार्य सम्पन्न हुन अझै ४ महिना लाग्ने भएकाले धुम्बाहराइ स्थित डेराको घरमा बिहिबार सर्न लागिएको हो।

प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि त्यो खाली नहुँदा प्रचण्ड खुमलटारमै भेटघाट बाक्लो बनाएर बसेका छन्। देउवाले घर छाडिसकेपछि बालुवाटारमा सर्ने तयारी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

Share post:

Recent